site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बजेट पास गर्न सघाउने/नसघाउने निर्णय गर्दै चार दल

काठमाडौं । विनियोजन विधेयक २०८० (बजेट) पास गर्नका लागि सरकारले आज प्रतिनिधिसभाको बैठकमा प्रस्ताव पेस गर्दै छ । यसका लागि बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । 

तर, कांग्रेस, माओवादीबाहेकका सत्ता साझेदार दलहरूले बजेट पास गर्न सघाउने अथवा नसघाउने भन्ने निर्णय अहिलेसम्म गरेका छैनन् । 

जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले यसबारे निर्णय गरिसकेका छैनन् । के गर्ने भन्नेबारे यी दलले संसदीय दलको बैठक बसेर आज बिहान निर्णय गर्दैछन् । 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने मंगलबार नै बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् ।

Global Ime bank

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक २०८० (बजेट) पास गर्ने तयारी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu