site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकीकृत समाजवादीका उपाध्यक्ष भन्छन्– बजेट नसच्चिए फेल गराइन्छ 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले 'असन्तुलित बजेट' नसच्याए फेल गराउने चेतावनी दिएका छन् । 

सरकारले बुधबार बजेट पारित गर्ने तयारी गरिरहेका बेला सांसदसमेत रहेका पाण्डेले प्रधानमन्त्री र अर्थमन्त्रीले असन्तुलित बजेट सच्याउने प्रतिबद्धता नजनाए पक्षमा मतदान नगर्ने बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“बजेटको असन्तुलित छ । बजेट सन्तुलित हुने गरी अर्थमन्त्री, प्रधानमन्त्रीले बोल्नुपर्‍यो,” उनले भने, “बजेट सच्याउनुपर्‍यो । नसच्याए र बजेट निर्माण प्रणालीमा सुधार नल्याए यो बजेट फेल हुन्छ ।”

उनले बजेटबारे निर्णय गर्न बुधबार बिहान १०ः३० बजे पार्टी संसदीय दलको बैठक बोलाइएको पनि जानकारी दिए । आफूहरूले सुरुदेखि नै बजेट प्रणाली सुधार्नुपर्ने माग राख्दै आएको उनको भनाइ छ । 

Global Ime bank

“बजेट निर्माण गर्ने पद्धति नै ठिक छैन । जहिलेदेखि बजेट बन्दै आयो अर्थमन्त्री, मन्त्रीहरूले बिर्ताजस्तो ठाने । आफूलाई पुगेर धेरै भएको मात्रै अरू ठाउँमा दिने,” पाण्डे भन्छन्, “त्यसो हुनाले बजेट निर्माणमा १६५ सांसहरूको भूमिका चाहियो । सांसदहरूसँग सल्लाह गरेर मात्रै बजेट निर्माण गर्ने प्रणाली बनाउनुपर्‍यो । प्रणाली सुधानुपर्‍यो ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC