site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जस लिन रास्वपाले संसद् अवरोध गर्‍यो, अख्तियार 'श्री ५' बन्न खोज्यो : रामहरि खतिवडा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जस लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद् अवरोध गरेको आरोप लगाएका छन् ।

मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले रास्वपाले जिल्ला निर्वाचन कार्यालय आफूले गर्दा मात्रै बाँचेको भनेर जनतामा भ्रम छर्नका लागि संसद् अवरोध गरेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"हामीले गर्दा जिल्ला निर्वाचन कार्यालय रहेको हो भन्ने देखाउन रास्वपाले संसद् अवरोध गरेको हो । नेपाली कांग्रेस र सरकार जिल्ला निर्वाचन आयोगको कार्यालय खारेज गर्ने पक्षमा छैन । यो अवरोध भनेको हामीले गर्दा जिल्ला निर्वाचन कार्यालय रहेको हो भन्ने गलत सन्देश दिन रास्वपाले अवरोध गरेको हो," खतिवडाले भने ।

सांसद खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विगतको 'श्री ५' भन्दा पनि माथि जान खोजेको आरोप लगाए । उनले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गर्न दिन नहुने तर्क गरे ।

"अख्तियार हिजोको श्री ५ भन्दा पनि माथि जान खोज्यो, त्यसैले निजी क्षेत्रमा अख्तियारको प्रवेश गर्न दिन हुँदैन, राजस्व पनि आफैँ हेर्ने, प्रत्येक कार्यालय, मन्त्रालय, सम्पत्ति शुद्धीकरण कार्यालय, सबै यसले हेर्ने पद्धतिको विकास गर्नु हुँदैन," उनले भने ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्