site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थमन्त्री महत भन्छन्– दबाब थेग्न नसकेपछि स–साना आयोजनालाई बजेट दिइयो
Tiktok banner adTiktok banner ad

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले दबाब थेग्न नसकेर स–साना आयोजनाहरुमा पनि बजेट विनियोजन गरेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री महतले आफू संघीय सरकारबाट स–साना आयोजनाका लागि थोरै रकम विनियोजन गर्ने पक्षमा नभए पनि दबाब थेग्न नसकेर विनियोजन गरेको बताए ।

उनले सम्बन्धित मन्त्रालय र वडाअध्यक्षको तहबाट थोरै भए पनि बजेट पार्न दबाब आएको बताए । आगामी दिनमा भने प्राथमिकताका क्षेत्र तोकेर बजेट विनियोजन गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

“सानोसानो बजेट संघबाट भयो भन्नुभएको छ । हो, यसलाई मैले साना–साना नगरौँ नै भनेको । तर, छोटो समय । सम्बन्धित मन्त्रालयबाट आएको दबाब । वडाअध्यक्ष समेत हाम्रो वडामा त अलिकति बजेट छ, राख्नुप¥यो भनेर आए,” उनले भने, “मैले पनि त्यसलाई थेग्न सक्ने अवस्था थिएन । कहाँ कहाँ प्राथमिकताको क्षेत्र छन्, हेरेर गर्ने कुरा आगामी दिनमा मिलाउँदै जान्छौँ ।”

मन्त्री महतले परिणाममुखी बजेट ल्याएको बताए । बजेटले राजस्वको दायरा बढाउने बताउँदै उनले बाह्य निर्भरतालाई कम गर्ने गरी बजेट आएको उल्लेख गरे ।

मन्त्री महतले चालु खर्च घटाउन सक्ने अवस्था नभए पनि धेरै बढ्न नदिने कुरामा आफू सचेत रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro