site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको सदस्यता अब अनलाइनबाटै लिन सकिने
फाइल तस्बिर।

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले अनलाइनबाट पार्टी सदस्यता वितरण सुरू गरेको छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार पार्टीको सदस्यता लिन चाहनेले अनलाइनमा फर्म भरेर प्राप्त गर्न सक्नेछन् ।

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको उनले जानकारी दिए ।

पार्टी सदस्य बन्न चाहनेले कांग्रेसको वेबसाइट nepalicongress.org/online-membership मा गएर सदस्यता आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन सक्ने विश्वकर्माले जानकारी दिए ।

यस्तै, बैठकले क्रियाशील सदस्यको सदस्यता कार्ड केन्द्रको सट्टा जिल्ला कार्यालयले प्रिन्ट गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन सक्ने गरी सहज व्यवस्था गरेको उनले जानकारी दिए ।

No description available.

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro