site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बजेटको पक्षमा मतदान गर्न माओवादी केन्द्रको ‘ह्विप’
फाइल तस्बिर।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले बुधबार (भोलि)को प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ ।

प्रमुख सचेतक हितराज पाण्डेले भोलि बजेट निणयार्थ पेस हुने भन्दै बैठकमा उपस्थित हुन र पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।

Argakhachi Cement Island Ad

“प्रस्तुत विषयमा भोलि २०८० असार १३ गते बुधबार आव २०८०/०८१ को विनियोजन विधेयक (वार्षिक बजेटको विनियोजन कार्यक्रम) निर्णयार्थ प्रतिनिधिसभाको बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेको छ,” पाण्डेले जारी गरेको ह्विपमा भनिएको छ, “त्यसैले भोलि असार १३ गतेको प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट)को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार यो निर्देशन (ह्विप) जारी गरिएको व्यहोरा अनुरोध छ ।”

No description available.

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्