
काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पशुपति मन्दिरको जलहरी प्रकरणको अनुसन्धान गर्न राष्ट्रपतिको संयोजकत्वमा छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।
मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले पशुपति मन्दिरको जलहरीमा पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई मुछ्ने काम भएकाले वर्तमान राष्ट्रपतिको संयोजकत्वमा प्रधानमन्त्री र संस्कृति पर्यटनमन्त्रीलाई सदस्य बनाएर तीन सदस्यीय छानबिन समिति बनाउनुपर्ने बताए ।
संसदीय छानबिन समिति गठन गर्न एमाले तयार रहेको तर समितिमा सांसदहरू नभएर संसद्को अभिन्न अंगको रूपमा रहेका राष्ट्रपति र प्रधानमन्त्रीलाई सहभागी गराउनुपर्ने बताए ।
त्यस्तै, भट्टराईले सरकारी तवरबाट निर्माण हुने कामहरूमा पहकदमी लिने र शिलान्यास गर्नेको नाम राख्ने गरिएको भन्दै जलहरी बनाउँदा पनि ताम्रपत्रमा पूर्वराष्ट्रपति र प्रधानमन्त्रीको नाम राख्नु स्वाभाविक भएको तर्क गरे ।