अर्थ व्यवसाय

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (एससीबीएनएल)ले काठमाडौंको नयाँ बानेश्वर कर्पोरेट कार्यालय भवनमा कर्मचारीका सन्तानका लागि ‘डे केयर’ सुविधा पुनः सुरु गरेको छ ।
‘क्रेच’ भनिने यो सुविधामार्फत कार्यावधिमा कर्मचारीका सन्तानको हेरचाह गर्ने गरिन्छ ।
बैंकले सन् २०१३ मा सुरु गरेको ‘क्रेच’ महामारीका कारण अस्थायी रूपमा बन्द गरिएको थियो । प्रोफेसनल अभिभावकको सहजताका लागि डे केयर सुविधा पुनः खोलिएको बैंकले जनाएको छ ।
यो सुविधामार्फत कर्मचारीलाई समय बचत गर्न र ६ महिनादेखि तीन वर्षसम्मका सन्तानका लागि सहज हेरचाह उपलब्ध गराएर तनाव कम गराउने उद्देश्य राखिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० १५:०४
प्रतिक्रिया दिनुहोस्