site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एकदिवसीय विश्वकपको ‘ट्रफी टुर’ सुरु 

काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको ‘ट्रफी टुर’ सोमबार (हिजो)देखि सुरु गरिएको छ । एक लाख २० हजार फिटमाथिबाट ट्रफी सार्वजनिक गर्दै टुरको सुरुआत गरिएको हो ।

आईसीसीले उक्त उचाइमा ट्रफी सार्वजनिक गरेपछि भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा राखिएको थियो ।

Dabur Nepal
NIC Asia

एकदिवसीय विश्वकप यसै वर्षको अक्टोबर र नोभेम्बरमा भारतमा हुने तय छ । तर, तालिका हालसम्म सार्वजनिक गरिएको छैन ।

आईसीसीको ट्रफी पाँच महादेशका १८ देशमा पुर्‍याइनेछ । योपटक ‘ट्रफी टुर’को सूचीमा नेपाल पारिएको छैन । ट्रफीलाई बहराइन, कुवेत, मलेसिया, पपुवा न्युगिनी, नाइजेरिया, युगान्डा, फ्रान्स, इटाली र अमेरिका घुमाइनेछ ।

विश्वकप ‘ट्रफी टुरको तालिका
जुन २७ – जुलाई १४ : भारत
जुलाई १५–१६ : न्युजिल्यान्ड
जुलाई १७–१८ : अस्ट्रेलिया
जुलाई १९–२१ : पपुवा न्युगिनी
जुलाई २२–२४ : भारत
जुलाई २५–२७ : अमेरिका
जुलाई २८–३० : वेस्ट इन्डिज
जुलाई ३१–४ अगस्ट : पाकिस्तान
अगस्ट ५–६ : श्रीलंका
अगस्ट ७–९ : बंगलादेश
अगस्ट १०–११ : कुवेत
अगस्ट १२–१३ : बहराइन
अगस्ट १४–१५ : भारत
अगस्ट १६–१८ : इटाली
अगस्ट १९–२० : फ्रान्स
अगस्ट २१–२४ : इंग्ल्यान्ड
अगस्ट २५–२६ : मलेसिया
अगस्ट २७–२८ : युगान्डा
अगस्ट २९–३० : नाइजेरिया
अगस्ट ३१ – सेप्टेम्बर ३ : दक्षिण अफ्रिका ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro