site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विश्वविद्यालयमा शैक्षिक पात्रो कडाइका साथ लागु गर्नूस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताएका छन् ।

मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४औँ वार्षिक दिवसको बैठकमा शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागु गर्न निर्देशन दिए ।

प्रधानमन्त्रीले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएको बताए ।

‘‘विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्न विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु,’’ प्रधानमन्त्रीले भने ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro