site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनलाई सैन्य सहायताका लागि ईयूले छुट्यायो तीन अर्ब युरो

ब्रसेल्स । युरोपेली संघ काउन्सिलले ईयू विदेशमन्त्रीहरूले युक्रेनलाई हतियार आपूर्तिका लागि पैसा छुट्याएको उल्लेख गरेको रूसी समाचार एजेन्सी तासले जनाएको छ ।

लक्जेम्बर्गमा भएको बैठकपछि ईयूका २७ सदस्य राष्ट्रका विदेश मन्त्रीहरूले युरोपेली शान्ति सुविधामा ३.५ बिलियन युरोको बजेट बढाएर अनुमोदन गरेका छन् । साथै, ब्रसेल्सले युक्रेनलाई हतियार आपूर्तिको लागि रकम विनियोजन गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोमबारको विज्ञप्तिमा भनिएको छ– काउन्सिलले आज युरोपेली शान्ति सुविधाको समग्र वित्तीय सीमा सन् २०२३ मार्च २० देखि लागु हुने गरी अघिल्लो सम्झौताको आधारमा सो थप रकम वृद्धि गर्ने निर्णय गरेको छ ।

“यो कार्य वित्तीय दिगोपन र सुरक्षित र शान्तिपूर्ण भविष्य सुनिश्चित गर्न र यसको विश्वव्यापी भौगोलिक दायरा र सङ्कट र द्वन्द्वहरूलाई रोक्न  र त्यसका लागि शीघ्र प्रतिक्रिया गर्ने ईयूको क्षमतालाई जोगाउनको लागि हो,” विज्ञप्तिमा भनिएको छ । रासस/एएनआई

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्