site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तरलता सहज भएपछि अन्तरबैंकिङ कारोबार बन्द
फाइल तस्बिर ।

काठमाडौं । तरलता सहज हुँदै गएपछि बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तरबैंकिङ कारोबार बन्द गरिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकानुसार अहिले बैंकहरूले एकार्काबीच करोबार गर्न बन्द गरेका हुन् । तरलता असहज हुँदा बैंकले अर्काे बैंकसँग ऋण लिने गरिन्छ । गएको साताको अन्तिम दिन शुक्रबार बैंकहरूले एकार्काबीच अन्तरबैंकिङ कारोबार गरेनन् । यो क्रम जारी रहेको राष्ट्र बैंकले जनाएको छ ।

बिहीबार अन्तरबैंक ब्याजदर औसत २.६५ प्रतिशत थियो । शुक्रबार उक्त दर ०.०० प्रतिशत कायम भयो । हाल वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि ८४.०१ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई सीडी रेसियो ९० प्रतिशतसम्म कायम गर्न पाउने व्यवस्था गरेको छ ।

Dabur Nepal
NIC Asia

हाल २१ वाणिज्य बैंक सञ्चालनमा छन् । यी बैंकहरूमा ४९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप छ । ४३ खर्ब रुपैयाँ कर्जा लगानी गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५५ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप छ । ४८ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी छ । यसले पनि बैंकहरूमा तरलता सहज हुँदै गएको देखाउँछ ।

पछिल्लो समय बैंकहरूले कर्जा लगानी उठाउने नीति लिएको देखिन्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro