site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
काठमाडौंले आन्तरिक आयको लक्ष्य भेट्यो, विराटनगर र पोखराले कति उठाए ?

विराटनगर । चालु आर्थिक वर्ष २०७९/०८० मा काठमाडौं महागनरपालिकाले चार अर्ब ८५ करोड एकलाख रुपैयाँ आन्तरिक आय गर्ने लक्ष्य राखेको थियो । राजस्व बाँडफाँट र अनुदानबाहेक असार ७ गतेसम्म काठमाडौं महानगर चार अर्ब ८८ करोड ८७ लाख ३९ हजार खुद आन्तरिक आय जुटाउन सफल भएको छ । जुन लक्ष्यभन्दा तीन करोड ८६ लाख बढी हो ।

राजस्व बाँडफाँट र अनुदानसमेत जोड्ने हो भने चालु आवमा काठमाडौं महानगरपालिकाले कुल आठ अर्ब ४४ करोड २६ लाख पाँचहजार आम्दानी गरेको देखिन्छ । 

आइतबार नगर सभामा पेस गरिएको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा राजस्व बाँडफाँट र अनुदानसमेतको अनुमानित आयमा ८१ दशमलव ०३ प्रतिशत प्रगति देखिएको छ । यसमा खुद आन्तरिक आयको हिस्सा आधाभन्दा धेरै छ ।

Dabur Nepal
NIC Asia

चालु आर्थिक वर्ष विराटनगर महानगरपालिकाको आन्तरिक आय पनि बढेको देखिन्छ । राजस्वका दायरा फराकिलो बनाउँदै खुद आय बढाउन केन्द्रित भएको महानगरले निरन्तर कर सचेतनालगायत अभियान सञ्चालन गरिरहेको छ ।

आगामी आर्थिक वर्षको प्रस्तावित आर्थिक विधेयकमा उल्लेखित करका ३२ शीर्षकमध्ये १४ शीर्षक थप भएका छन् ।

आइतबार उपमेयर शिल्पा निराला कार्कीले नगर सभामा पेस गरेको आव २०८०/०८१ को बजेटमा विराटनगरले जेठ मसान्तसम्म (११ महिनाको अवधिमा) ५१ करोड ६५ लाख ९४ हजार ९०० खुद आन्तरिक आय जुटाउन सफल भएको छ । जुन चालू आवमा महानगरले अनुमान गरेको खुद आम्दानीको ४८ दशमलव ५४ प्रतिशत हो ।

राजस्व बाँडफाँट र अनुदानसमेत जोड्ने हो भने विराटनगरले चालु आवमा दुई अर्ब ८६ करोड ८३ लाख ८० हजार यथार्थ आय गरेको छ । महानगरका मेयर नागेश कोइरालाले आगामी आर्थिक वर्ष खुद आय बढाउन महानगर थप सक्रिय हुने बताए ।

“अनुदानका भरमा मात्र स्थानीय सरकार सञ्चालन भएका छन् भन्ने भाष्य परिवर्तन गर्न हामी आफैँ आफ्नो आम्दानी बढाउने अभियानमा छौँ,” उनले भने ।

पोखरा महनागरपालिकाले ‘कर संकलन अनिवार्य वर्ष’ घोषणा गरी आन्तरिक आय बढाउन विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । चालु आर्थिक वर्षको असार ८ गतेसम्म पोखराले एक अर्ब १९ करोड ७१ लाख ९२ हजार खुद आम्दानी गरेको छ । विनियोजित बजेटमा महानगरले आन्तरिक स्रोतबाट चार अर्ब ३० करोड १५ लाख बेहोर्ने अनुमान गरेको थियो । 

महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले १३औँ महानगर सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै संघीय अनुदान र प्रदेश सरकारको अनुदानबाहेक आन्तरिक आयबाट दुई अर्ब २७ करोड बेहोर्ने बताएकी छन् ।

पोखराले आगामी आर्थिक वर्षका लागि सात अर्ब १५ करोड रुपैयाँ बजेट ल्याएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  २२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro