site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खडक वारियर्सलाई सप्तरी प्रिमियर लिगको उपाधि
Sarbottam CementSarbottam Cement

काठमाडौं । खडक वारियर्सले राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ ।

पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा कन्चनरुप राइनोजलाई तीन विकेटले हराउँदै खडक वारियर्सले लगातार तेस्रो पटक प्रतियोगिताको उपाधि जितेको हो ।

फाइनलमा कन्चनरुपले प्रस्तुत गरेको १४५ रनको लक्ष्य खडक वारियर्सले १९.३ ओभरमा पूरा गर्‍यो । खडक वारियर्सको जितमा विशाल सुश्लिङले अविजित ४६ रन बनाए । उनले ३३ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

रोमाञ्चक बनेको फाइनलमा खडक वारियर्सलाई जितका लागि अन्तिम आठ बलमा २० रन आवश्यक थियो । सो अवस्थामा राशिद खानले गरेको १९औँ ओभरको अन्तिम दुई बलमा अनिल यादवले लगातार दुई चौका प्रहार गरे ।

अन्तिम ओभरमा १२ रन आवस्यक हुँदा पप्पु यादवको पहिलो बलमा विशाल सुष्लिङले दुई रन लिए । विशाल सुश्लिंगले दोश्रो बलमा चौका र तेश्रो बलमा छक्का प्रहार गर्दै टिमलाई जित दिलाए ।

Global Ime bank

खडक वारियर्सका ओपनर साहिल पटेलले २१, राज वर्माले १७ तथा कर्ण बिक, सन्दिप रजालीले समान १४ रन तथा अनिल यादवले अविजित नौ रन बनाए ।

कन्चनरुपका चित्र विस्टले तीन विकेट लिए भने राशिद खान, नारायण जोशी र पप्पु यादवले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको कन्चनरुप राइनोजले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४५ रन बनाएको थियो ।

कन्चनरुपको लागि ओपनर दिलिप नाथले ४२ रन बनाएका थिए । नारायण जोशीले २७, सुमित श्रेष्ठले १७ तथा अमित यादवले १६ रन बनाए ।

खडक वारियर्सको बलिङमा कप्तान विवेक यादवले चार विकेट लिए । चार ओभर बलिङ गरेका विवेकले २५ रन खर्चिए । गोमानन्द अमात्यले दुई विकेट लिँदा अनिल यादव र दिनेश अधिकारीले समान एक विकेट लिए ।

प्रतियोगिताको उपाधिसँगै खडक वारियर्सले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । उपविजेतामा चित्त बुझाएको कन्चनरुप राइनोजले एक लाख ५० हजार रुपैयाँ पायो ।

प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ घोषित भएका कन्चनरुप राइनोजका राशिद खानले २५ हजार रुपैयाँ प्राप्त गरे ।

उत्कृष्ट ब्याटर छिन्नमस्ता लायन्सका शुभ कंसाकार र उत्कृष्ट बलर बजाज खडक वारियर्सका दिनेश अधिकारी घोषित भए । दुवैले समान १५ हजार रुपैयाँ पाए । यस्तै, प्रतियोगिताको उदयमान खेलाडी बलान बिहुल सुपर किंग्सका विशाल यादव घोषित भए । उनले क्रिकेट किट प्राप्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement