site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मुख्यमन्त्री कार्कीको विश्वास मत प्रस्ताव फेल गराउने कोसीका गठबन्धन दलको निर्णय

विराटनगर । कोसीका विपक्षी गठबन्धन दलहरूले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्रयोजनका लागि गर्ने प्रदेश सभामा पेस गर्ने प्रस्ताव ‘फेल’ गराउने निर्णय गरेका छन् । 

असार १४ गते विशेष अधिवेशन आह्वान गर्न सिफारिस भएसँगै रणनीति बनाउन सोमबार बसेको गठबन्धन दलहरूको बैठकले विश्वासको मतसम्बन्धी प्रस्तावलाई ‘फेल’ गराउने निर्णय गरेको हो । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का कोसी प्रदेश संसदीय दलका नेता, प्रमुख सचेतक, सांसद तथा पार्टी नेतृत्वको संयुक्त बैठक बसेको हो । 

Dabur Nepal
NIC Asia

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीले ल्याउने विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउने र गठबन्धन दलबाटै नयाँ सरकार गठनको प्रक्रिया थाल्ने गर्ने निर्णय भएको जानकारी दिए ।

“सरकारबाट विशेष अधिवेशन आह्वान भई असार १४ गते विश्वासको मत लिने भन्ने हामीले जानकारी प्राप्त गरेका छौँ । तर, मुख्यमन्त्रीले विश्वासको मत प्राप्त नगरेसँगै गठबन्धन दलले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने छन्,” कार्कीले भने ।

उनका अनुसार सरकारको नेतृत्वबारे छलफल भएको छैन । तर, जसले लिए पनि विवाद नरहेको उनको दाबी छ ।

गठबन्धनको बैठकमा नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापा, प्रमुख सचेतक भुपेन्द्र राई, सांसद केदार कार्की, कांग्रेस केन्द्रीय प्रदीप सुनुवार, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, सांसद जीवन आचार्य र जसपा संसदीय दलका नेता निर्मला लिम्बूलगायत सहभागी थिए ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की अल्पमतमा परेका छन् । 

अल्पमतमा परेपछि कार्कीले जारी बजेट अधिवेशन अन्त्य गर्दै जेठ ३२ गते अध्यादेशमार्फत प्रदेश सरकारको बजेट ल्याएका थिए । सभामा जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । नियमित अधिवेशन आह्वान गर्दा सभामा बजेट अध्यादेश पेस गर्नुपर्ने हुन्छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro