site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उद्योग संगठन मोरङको पहलमा 'एन्जल इन्भेस्टर नेटवर्क' स्थापना

विराटनगर । स्टार्टअप उद्यमलाई सुरुवाती लगानी व्यवस्थापनमा सघाउ पुर्‍याउने उद्देश्यले विराटनगरमा एन्जल इन्भेस्टर नेटवर्क स्थापना भएको छ । 

उद्योग संगठन मोरङको आयोजनामा सम्पन्न एन्जल इन्भेस्टर मिटको नेटवर्कमा संगठनका अध्यक्ष राकेश सुराना, मेयर नागेश कोईराला, सुयश प्याकुरेल, नन्दकिशोर राठी, राजकुमार गोल्छा, भोलेश्वर दुलाल, विपीन कावरा, सुरेन्द्र गोल्छा, वीरेन्द्र राठी, दिपककुमार अग्रवाल, जयन्द्र शर्मा, सन्तोष कुमार भगत, सिद्धार्थ कावरा, विवेक राठी, मनोज अधिकारी, सुजित झा, विनय विष्णु केसी, युक्ति गोल्छा, राघव कोइराला, मनोज विक्रम शाह, विकास कुमार वेगवानी, अशोक बगडिया, रोमन कट्टेलले आबद्ध हुन प्रतिबद्धता जनाएका छन् ।

दुई वर्षदेखि सञ्चालनमा रहेको स्टार्टअप कार्यक्रमको दोस्रो सत्रमा व्यावसायिक विकासको सेवाअन्तर्गत बजारीकरण, वुट क्याम्प, हाटबजारलगायतका कार्यक्रम सञ्चालन गरिएको संगठनका अध्यक्ष राकेश सुरानाले बताए । उनले संगठनको मेन्टरसिपमा रहेका स्टार्टअपहरूलाई लगानीमा पहुँच पुर्‍याउँदै वित्तीय व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्यले एन्जल इन्भेस्टर मिटको आयोजना गरिएको बताए ।

“व्यावसायिक योजना भएर पनि लगानीका लागि बिउ पुँजीको अभावमा व्यवसाय प्रारम्भ गर्नबाट वञ्चित भएका व्यवसायलाई लगानीमा प्रोत्साहन गरी सकारात्मक वातावरण तयार गर्ने उद्देश्य हो,” उनले भने । 

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्योग संगठन मोरङले सानो स्वरूपमा सञ्चालनमा ल्याएको कार्यक्रमलाई महानगरपालिकाले आगामी दिनमा आफ्नो वार्षिक कार्यक्रममा समावेश गरी ठूलो स्वरूपमा लगेर युवाहरूलाई उद्यमशीलता विकासतर्फ अभिप्रेरित गर्ने प्रतिबद्धता जनाए । 

स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले इन्भेस्टमेन्टका मोडालिटी र प्राविधिक विषयका सन्दर्भमा समितिले तयारी गरिरहेको जानकारी दिँदै यसले युवा उद्यमशीलता विकासमा छुट्टै आयाम थप्ने विश्वास व्यक्त गरे ।

उनले असार ११ गते संगठन अन्तर्गतका दोस्रो चरणका १३ स्टार्टअपहरूले आफ्नो व्यवसायको पिचिङ गर्ने र आफूलाई उपयुक्त लागेको व्यवसायमा इन्भेस्टर्सको नेटवर्कमा रहेका लगानीकर्ताले लगानी गर्ने कार्यक्रम रहेको बताए । 

सो अवसरमा संगठनका अध्यक्ष राकेश सुराना, महानगरपालिकाका मेयर नागेश कोइराला, निर्वतमान अध्यक्ष सुयश प्याकुरेल र संयोजक सुरेन्द्र गोल्छाले एन्जल इन्भेस्टर्स नेटवर्कको लोगो अनावरण गरेको थिए । कार्यक्रममा संगठनको कार्यसमिति सदस्यहरू, उद्योगी व्यवसायीहरू, बैंकर्सहरू, चार्टर्ड एकाउन्टेन्टहरूको सहभागिता थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  २१:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro