site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्धशतक बनाएका आरिफ आउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले अर्धशतक बनाएका आरिफ शेखलाई नवौँ विकेटको रूपमा गुमाएको छ ।

जिम्बाब्वेका राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलको दोस्रो इनिङको ४६औँ ओभरको अन्तिम बलमा आरिफलाई नेपालले नवौँ विकेटको रूपमा गुमाएको हो । आरिफ अल्जारी जासेफको बलमा निकोलस पुरनबाट क्याच भए । नेपाली टिमको खातामा आरिफले ६३ रन थपे । 

जारी खेलको ४६ ओभर समाप्त हुँदा नेपालले नौ विकेट गुमाएर २१२ रन बनाएको छ । 

नेपालले ओपनर कुशल भुर्तेललाई पहिलो विकेट, भीम सार्की र आसिफ शेखलाई तेस्रो विकेटको रुपमा गुमाएको थियो । नेपालका भुर्तेल पाँच, भीम दुई, आसिफ २८, कप्तान रोहितकुमार पौडेल ३०, कुशल मल्ल दुई, दीपेन्द्रसिंह ऐरी २३, गुल्सन ४२ र सन्दीप लामिछाने एक रनमा आउट भएका थिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३३९ रनको योगफल खडा गरेको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र वेस्ट इन्डिजबीचको यो पहिलो खेल हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप विजेतासँग खेल्न लागेको पनि यो पहिलोपटक हो ।

छनोटमा नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने अमेरिकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।

यता, वेस्ट इन्डिजको भने छनोटको यो दोस्रो खेल हो । वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध ३९ रनको जित निकालेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  २०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro