site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामा मोदी र बाइडेनले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यहाँका राष्ट्रपति जो बाइडेनसँग संयुक्त पत्रकार सम्मेलनमा सहभागी हुने भएका छन् ।

भारती प्रधानमन्त्री मोदीले बुधबार संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित नवौँ अन्तर्राष्ट्रिय योग दिवस समारोहमा सहभागी भएका थिए ।

Dabur Nepal
NIC Asia

भारतीय प्रधानमन्त्री मोदी र बाइडेनले बिहीबार संयुक्तरुपमा पत्रकार सम्मेलन गर्ने र पत्रकारहरूका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

भारतीय प्रधानमन्त्री मोदीले कहिलेकाँही बाहेक मिडियाबाट प्रश्न सायदै लिएका छन् । करिब नौ वर्षअघि प्रधानमन्त्री बनेका उनले भारतमा कुनै पत्रकार सम्मेलनलाई सम्बोधन नगरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

सन् २०१९ को मेमा उनी एक पत्रकार सम्मेलनमा उपस्थित भए पनि प्रश्न नलिएको बताइएको छ ।

राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनको निमन्त्रणामा जुन २१ देखि २४ सम्म अमेरिकाको भ्रमणमा रहेका मोदी बिहीबार राजकीय रात्रिभोजमा सहभागी हुनेछन् ।

आगामी दुई दिनमा दुई नेताले रक्षा सहयोग, साइबर, अन्तरिक्ष, लचिलो आपूर्ति श्रृंखला, जलवायु परिवर्तनलगायतका क्षेत्रमा दीर्घकालीन सम्झौता र छलफल गर्ने भएका छन् । दुई देशबीचको सम्बन्धलाई अझै सुदृढ र गहिरो बनाउने प्रयासका रुपमा मोदीको भ्रमणलाई हेरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro