site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको कीर्तिमान 

काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आइसल्यान्डलाई १–० ले हराउँदा अन्तिम मिनेटमा निर्णायक गोल गरेका रोनाल्डोले यो खेलसँगै २०० खेलको कोसेढुंगा पार गरेका हुन् ।

सन् २०२४ को युरोपियन च्याम्पियनसिपको छनोटको खेलमा मंगलबार राति रोनाल्डोले आइसल्यान्डविरुद्ध ८९औँ मिनेटमा गोल गरेका थिए । ३८ वर्षीय रोनाल्डोले गोन्कालो इनासिओ असिस्टमा गोल गरेका हुन् ।

रोनाल्डोले यसअघि गएको मार्चमा कुवेतका फरवार्ड बडेर अल–मुतावाको नाममा रहेको सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीको कीर्तिमान तोडेको थिए । रोनाल्डोअघि मुतावाले १९६ अन्तर्राष्ट्रिय खेलसहित सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

२०० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिले खेलाडी बनेका रोनाल्डोलाई खेलअघि गिनिज वर्ल्ड रेकर्डको तर्फबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।

“मेरो लागि यो अविश्वसनीय र असाधारण उपलब्धि हो,” खेलपछि रोनाल्डोले भने, “र, विजयी गोल गर्नुले यसलाई अझ विशेष बनाएको छ ।”

रोनाल्डोको नाममा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमान पनि छ । रोनाल्डोले हालसम्म १२३ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । सन् २००३ मा पोर्चुगलबाट अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ गरेका रोनाल्डो त्यसयता टिमको महत्त्वपूर्ण सदस्य रहँदै आएका छन् ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro