site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी आठ जिल्लामा बाढीको जोखिम
ताप्लेजुङको दृष्य । फाइल तस्बिर : रासस ।

काठमाडौं । देशका सानाठूला नदीहरूमा पानीको बहाव बढ्ने क्रम जारी छ । मनसुन भित्रिएसँगै वर्षापछि बाढीको जोखिम बढेको हो ।

आज पनि देशका केही नदीहरूमा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, भोजपुर, इलाम, झापा र मोरङ भई बहने केही साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने महाशाखाको पूर्वानुमान छ ।

आज तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro