site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंकर्स संघ र यूएसएएआईडी ट्रेड एण्ड कम्पेरेटिभनेसबीच सम्झौता

काठमाडौं । नेपाल बैंकर्स संघ र यूएसएएआईडी ट्रेड एण्ड कम्पेरेटिभनेसबीच उद्यमी तथा व्यवसायीहरूको वित्तीय क्षेत्रमा पहुँच बढाउन नीतिगत मुद्दा उठान गर्न र अनुसन्धान गर्ने बारे सम्झौता भएको छ । सम्झौतापत्रमा संघका अध्यक्ष सुनिल के.सी. र यूएसएएआईडीका तर्फबाट पार्टी प्रमुख एग्नेस लुजले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताअनुसार दुई पक्षले विभिन्न क्षेत्रमा सहकार्य गर्दै उद्यमी तथा व्यवसायीहरूको वित्तीय क्षेत्रमा पहुँच बढाउन विभिन्न विषयहरूमा संवाद संचालन गर्नुका साथै नीतिगत मुद्दाहरू र त्यसमा देखिएको जटिलतालाई समाधान गर्न सरोकारवालाहरूसँग छलफल गरी उनीहरूको क्षमता अभिवृद्धि तथा अध्ययन अनुसन्धानमा जोड दिइने छ ।

यो सहकार्यले साना तथा मझौला उद्यमी र विशेष गरी पिछडिएको वर्गलाई वित्तीय समावेशीतामा सहभागी गराउन सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  २०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro