site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुशल मल्ल आउट
फाइल तस्बिर।

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपालले कुशल मल्ललाई चौथो विकेटको रुपमा गुमाएको छ ।

जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालले कुशललाई स्कोरबोर्डमा १३७ रन जोड्दा चौथो विकेटको रुपमा गुमाएको हो ।

अमेरिकाले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि कुशलले १३ बलमा समान एक चौका र छक्कासहित १३ रन जोडे । कुशल स्टेभन टेलरले गरेको ३३औं ओभरको दोस्रो बलमा गजानन्द सिंहबाट क्याच भए ।

जारी खेलको ३३ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर १३९ रन जोडेको छ । नेपालबाट हाल क्रिजमा रहेका भीम सार्की ४३ र दीपेन्द्रसिंह ऐरी एक रनमा खेलिरहेका छन् ।

त्यसअघि, टस हारेपछि ब्याटिङमा आएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रनको योगफल खडा गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro