site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्काउटले खेलेको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई अप्ठेरो पर्दा नेपाल स्काउटले खेलेको भूमिकाको प्रशंसा गरेकी छन् ।

मंगलबार काठमाडौंमा स्काउटको ७२औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले कोरोना महामारीदेखि प्राकृतिक विपत्तिमा स्काउटले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“कोरोना महामारीका बेला चिकित्सक परामर्श सेवा, क्वारेन्टाइन निर्माण र शव व्यवस्थापनमा समेत गरेको सहयोगप्रति सम्मान छ,” उनले भनिन् ।

सातै प्रदेशमा दक्ष विपद् व्यवस्थापन टोली गठन भई विपद् प्रतिकार्यमा परिचालन भएको जानकारी पाउँदा हर्ष लागेको उनले बताइन् ।

Global Ime bank

उनले समाज रुपान्तरणमा युवा स्काउटले खेलेको भूमिकाले युवाहरूलाई सही दिशा देखाउन सफल भएको जिकिर गरे ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement