site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ताप्लेजुङमा पहिरोले घर पुरियो, वृद्ध गम्भीर घाइते
ताप्लेजुङस्थित खोलामा आएको बाढीको दृष्य । फाइल तस्बिर ।

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६, मेहेलेमा आज पहिरोले एक घर पुरिएको छ । पहिरोले मेहेलेको खुवास्थित तार्छदिप लिङदेनको घर पुरिएको हो ।

उक्त घरमा लिङदेन एक्लै बस्दै आएका थिए । पहिरो गएको बेला उनी घरबाहिर रहेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय राजकुमार कँडेलले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

यस्तै, मेहेलेका ७८ वर्षीय वृखबहादुर लिम्बू आज पहिरोमा परी गम्भीर घाइते भएका छन् । बाटोमा हिँड्दै गर्दा माथिबाट आएको पहिरोमा परी उनी घाइते भएका हुन् । स्थानीय स्वास्थ्यचौकीमा उनको उपचार भइरहेको कँडेलले बताए ।

निरन्तरको वर्षासँगै बाढी र पहिरो जाँदा मेहेले, खेवाङ र सुरुम्खीका बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । उनीहरू अधिकांश स्थानीय नीलगिरि माध्यमिक विद्यालयमा बस्दै आएका छन् । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro