site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दोस्रो ओभरमा करणले नेपाललाई दिलाए दुई सफलता
फाइल तस्बिर।

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपालका करण केसीले एकै ओभरमा दुई सफलता दिलाएका छन् ।

जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा जारी खेलको दोस्रो ओभरमा नै करणले नेपाललाई पहिलो र दोस्रो सफलता दिलाएका हुन् ।

Dabur Nepal
NIC Asia

करणले दोस्रो ओभरको पाँचौँ बलमा अमेरिकाका ओपनर स्टेभन टेलरलाई एलबीडब्लूको धरापमा पार्दा छैटौँ बलमा साइतेजा मुकमल्ललाई आरिफ शेखलबाट क्याच गराए ।

अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गरिरहेको छ । खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै अमेरिकालाई ब्याटिङको निम्तो दिएका हुन् ।

समूह ‘ए’मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । छनोटको पहिलो खेलमा हार बेहोरेका दुवै टिम पहिलो जितको खोजीमा छन् ।

यसअघि, पहिलो खेलमा नेपाल घरेलु टिम जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा अमेरिकाले पनि दुईपटकको विश्वविजेता वेस्ट इन्डिजसँग ३९ रनको हार बेहोरेको थियो ।

छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

दुई समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro