देश
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगर प्रहरी सेवामा कर्मचारी माग गरेको छ । करार सेवाका लागि नगरपालिकाले नगर प्रहरी सेवामा दरखास्त आह्वान गरेको छ ।
छैटौं, चौथो र जवान पदका लागि आवेदन माग गरिएको छ । साउन ८ गतेसम्म दरखास्त दिन सकिनेछ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्र तथा शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्र संलग्न गरी चन्द्रागिरि नगरपालिकाको कार्यालयमा बुझाउन पर्नेछ ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० ०७:२३
प्रतिक्रिया दिनुहोस्