site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गण्डकीबाट किन अझै पश्चिम सरेन मनसुन ?
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा मनसुन भित्रिएको आज एक हप्ता पुगेको छ । गत मंगलबार नेपालको पूर्वी भू–भागबाट भित्रिएको मनसुन सोही दिन गण्डकी प्रदेशसम्म पुगेको थियो । 

नेपाल भित्रिएकै दिन गण्डकी प्रदेशसम्म पुगेको मनसुन त्यसभन्दा पश्चिम अझै जान सकेको छैन । अरेवियन सागरमा रहेको विपर जोय चक्रवातका कारण मनसुन गण्डकीबाट पश्चिम सर्न नसकेको मौसमविद् रोजन लामिछाने बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले सुदूरपश्चिममा क्षेत्रमा भइरहेको वर्षा पनि मनसुनी वर्षा होइन । पश्चिमी र स्थानीय वायुको प्रभावले भएको वर्षा हो । 

“अब क्रमशः विपर जोय चक्रवात कमजोर हुँदै छ । त्यसैले अबको एक/दुईदिनमा यो चक्रवात पूर्णरूपमा कमजोर हुनेछ र नेपालका सबै क्षेत्रमा मनसुन सक्रिय हुनेछ,” मौसमविद् रोजन बाह्रखरीसँग भन्छन्, “जोय चक्रवात कमजोर भएपछि अबको एक/दुईदिनमा गण्डकीबाट पश्चिम सर्दै मनसुन  सुदूरपश्चिमसम्म पुग्नेछ ।” 

Global Ime bank

तीनवटा प्रदेशमा बिहानैबाट वर्षा, कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

औसतमा मनसुन नेपाली प्रवेश गरेपछि देशभर फैलिन पाँचदेखि सात दिन लाग्छ । तर, यो वर्ष औसतभन्दा केही दिन बढी लाग्ने देखिएको उनको भनाइ छ । 

नेपालमा मनसुन भित्रिएको आज आठ दिन भएको छ । तर, मनसुन गण्डकी प्रदेशकै आसपाससम्म मात्रै सक्रिय छ । त्यसबाट पश्चिममा पश्चिमी र स्थानीय वायु सक्रिय छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement