देश
काठमाडौं । पछिल्लो तीन घण्टामा नुवाकोटको बेत्रावती आसपास क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । त्यहाँ थप वर्षा हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सो क्षेत्र भई बहने साना नदीहरूमा आकस्मिक बहावको जोखिम छ ।
कमजोर र भिरालो भूभागमा पहिरोको जोखिम समेत रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
“असार ४ गते दिउँसो ०४ः०० बजे, पछिल्लो ३ घण्टामा नुवाकोटको बेत्रावती आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुने पूर्वानुमान रहेकोले सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बहाव तथा कमजोर तथा भिरालो भूभागमा पहिरोको जोखिम भएकाले सतर्कता अपनाऔँ,” महाशाखाले सामाजिक सञ्जालमार्फत भनेको छ ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० १६:२८
प्रतिक्रिया दिनुहोस्