site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीके राउतको प्रश्न– एकजना मन्त्रीले मात्रै बजेट बनाउने भए २७५ सांसद किन चाहियो ?
फाइल तस्बिर ।

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बजेट संशोधन नभए पास हुन नदिने बताएका छन् । 

सोमबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा राउतले सांसदहरूका माग सम्बोधन हुने गरी बजेट सशोधन नभए सत्तापक्षकै सांसदले नै बजेट पास हुन दिन नहुने चेतावनी दिएका हुन् ।

उनले पूर्वाधार विकास समितिलाई बजेट संशोधनको प्रस्ताव लैजान सुझाव पनि दिए ।

एकजना मन्त्रीले मात्रै बजेट बनाउने भए २७५ सांसदहरूको आवश्यकता नरहेको भन्दै उनले निर्वाचित भएर आएका सांसदहरूको मत सरकारले सुन्नुपर्ने बताए । 

"मन्त्री पद सदाबहार शासक होइन । मन्त्री बन्दैमा अंहकार देखाउनुपर्छ भन्ने पनि होइन । एकजनाले बजेट निर्माण गर्ने भए यति धेरै सांसदहरू किन आवश्यक पर्ने थियो । एक जनाले बनाउन नसक्ने भएर नै विभिन्न क्षेत्रबाट जनप्रतिनिधिहरू निर्वाचित भएर आएका छौँ । त्यसैले मन्त्रालयले सांसदहरूको कुरा सुनिदिनुपर्छ । बजेट विनियोजनमा पनि सांसदहरूको माग सुनिदिनुपर्छ," राउतले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro