site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं महानगरलाई ‘आदिपुरुष’को प्रदर्शन रोक्ने अधिकार छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी सिनेमा ‘आदिपुरुष’मा रहेको जानकी भारतकी छोरी हुन् भन्ने संवाद हटाउन आग्रह गर्दै उक्त आजबाट काठमाडौंका सिनेमा हलमा हिन्दी सिनेमा प्रदर्शनमा रोक लगाएका छन् । 

फेसबुक स्टाटसमार्फत उनले काठमाडौंका सिनेमा हलमा ‘आदिपुरुष’सहित हिन्दी सिनेमा नचलाउन भनेपछि आजबाट काठमाडौंका सिनेमा हलमा हिन्दी सिनेमा प्रदर्शन भएका छैनन् । वितरकले पनि देशभरका हलबाट सिनेमा उतारेको बताएको छ । 

काठमाडौं महनगरले महानगरभित्रका हलमा सिनेमा चलाउन रोकेपछि पोखरा महानगरपालिका र धरान उपमहानगरपालिकाले पनि प्रदर्शन रोक्न भनिसकेका छन् । 

कामपाका मेयर बालेन शाहले आफ्नो क्षेत्राधिकार बाहिर गएर उक्त निर्णय गरेको भन्दै सिनेमा हल सञ्चालकहरूले आपत्ति जनाउँदै आएका छन् । आफ्नो अधिकार मिच्दा पनि संघ सरकार नबोल्दा आफूहरू मारमा परेको उनीहरूको गुनासो छ । 

आफूहरू अन्यायमा परेको भन्दै उनीहरू अदालत जाने तयारीमा रहेका छन् । यसका लागि उनीहरू अहिले छलफलमा छन् । 

चलचित्र घरहरूमा सिनेमाको प्रदर्शन रोक्ने अधिकार स्थानीय सरकारलाई नरहेको संविधानविद् डा. विपीन अधिकारी बताउँछन् । संविधानको धारा उल्लेख गरेर सिनेमाको प्रदर्शन रोक्ने कुनै निर्णय गर्न स्थानीय सरकारसँग नरहेको उनको भनाइ छ । 

“संविधानको धारा उल्लेख गरेर कुनै निर्णय गर्न मिल्दैन । संविधानले दिएका अधिकार कार्यान्वयनका लागि कानुन जारी भएको हुन्छ,” संविधानविद् अधिकारीले भने, “तर, महानगरसँग सिनेमा प्रदर्शन रोक्ने सोझै संविधानको धारा उल्लेख गरी आफ्नो क्षेत्राधिकार कायम हुँदैन ।” 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro