site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्युत् प्राधिकरण नेपाली जनताप्रति जवाफदेही छैन : प्रभु शाह
फाइल तस्बिर।

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु शाहले नेपाल विद्युत् प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष शाहले प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताए । 

ऊर्जा क्षेत्रमा ६० अर्ब पैसा छुट्टयाएको भए पनि कहाँ खर्च गर्ने भन्ने स्पष्ट उल्लेख नभएको उनले बताए । उनले रेडबुकमा स्पष्टसँग विद्युत् प्राधिकरणअन्तर्गत हुने खर्चहरु नलेखिएको भन्दै त्यसरी अपारदर्शी बन्नु पनि भ्रष्टाचार भएको बताए ।

“विद्युत् प्राधिकरण नेपाल सरकार र नेपाली जनताप्रति उत्तरदायी छ वा विदेशी शक्तिकेन्द्रप्रति जवाफदेही छ ? रेड बुकले के भन्छ भने विद्युत् प्राधिकरण जनताप्रति जवाफदेही छैन,” उनले भने, “सभामुखज्यूले त्यसलाई त फर्काइदिनुपर्ने हो । किनकि, ऊर्जामा झण्डै ६० अर्बजति पैसा छ, कुन कहाँ के क्रियाकलापमा कसरी खर्च गर्छ भन्ने छैन ।”

उनले प्राधिकरणले आफूलाई नाफामा देखाएर दुनियाँलाई झुक्याएको बताए । प्राधिकरणले व्यापारिक घरानाहरुलाई सेवा गरेको तर गाउँघरमा विद्युत् प्रशारण गर्न नसकेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro