site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको हो ।

आइतबार पनि छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमै कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्