site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी जिल्लामा बाढीको जोखिम
संखुवासभास्थित नदीमा गएको शनिबार राति आएको बाढीपछिको दृष्य । तस्बिर : रासस ।

काठमाडौं । वर्षासँगै नदीहरूमा पानीको बहाव बढ्न थालेको छ । त्यससँगै देशका विभिन्न जिल्लामा जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही ठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । महाशाखाले अबका तीन दिन तमोर, अरुण, कन्काईलगायत नदीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ ।

तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास रहने पूर्वानुमान रहेकाले ती नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज देशका केही साना नदीहरूमा पनि बहाव बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ ।

महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, इलाम, झापा, दोलखा, लमजुङ, गोरखा भई बहने केही साना नदीहरूमा समेत बहाव बढ्ने सक्ने जनाएको छ । ताप्लेजुङ र पाँचथरमा बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

adsgm1687146881.jpg

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro