site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जेठमा मनकामना केबलकारमा यात्रा गर्नेको संख्या अहिलेसम्मकै बढी

काठमाडौं । मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को जेठ महिनामा साढे एक लाख यात्रुहरूले मनकामना केबुलकारमार्फत यात्रा गरेका हुन् ।

यस वर्षको जेठ महिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुले यात्रा गरेको कम्पनीले जनाएको छ ।

यस अघि आर्थिक वर्ष २०७५/७६ को जेठमा नै एक लाख ३५ हजार २७२ जनाले यात्रा गरेको तथ्यांक कम्पनीले जनाएको छ ।

भारतीय यात्रीहरूको उल्लेख्य वृद्धि देखिएको पनि कम्पनीले जनाएको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा कुल २६ लाख ९७ हजार ६० हजार ९२६ जनाले मनकामनाको दर्शन गरेको पनि बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro