site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कुलमान भन्छन्– प्राधिकरण नाफामा गयो भनेर बेवास्ता गरियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रान्समिसन लाइनमा ठूलो लगानी आवश्यक रहेको बताएका छन् । आइतबार प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले थालेका परियोजना सक्न ठूलो लगानी आवश्यक पर्ने बताएका हुन् ।

हाल थालिएका परियोजनालाई सम्पन्न गर्न पाँच खर्ब रूपैयाँ आवश्यक रहेको उनले बताए ।

“ट्रान्समिसन र डिस्ट्रिब्युसन लाइनमा ठूलो लगानी आवश्यक छ । अहिले उत्पादित विद्युत् खपत गर्न र खपतबाट बाँकी रहेको विद्युत् निर्यात गर्नका लागि संरचनामा लगानी गर्नुपर्नेछ । यो गर्न सकेनौं भने अर्काे डिजास्टर हुनेवाला छ,” उनले भने, “हाल सुरू गरेका प्रोजेक्ट सम्पन्न गर्न पाँच वर्षका लागि चारदेखि पाँच खर्ब रुपैयाँ पैसा चाहिन्छ । पूर्व–पश्चिम ४०० केभी लाइनहरू र क्रसब्रोडर लाइनहरू सबै बनाइ काठमाडौंलाई पनि बनाएर रिलायबल दिनको लागि यो रकम आवश्यक छ ।”

Dabur Nepal
NIC Asia

मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)ले बनाइदिन लागेको हेटौँडादेखि बुटवलसम्मको ४०० केभी प्रसारण लाइन बन्न ढिला भयो भने पनि समस्या हुने बताए । हाल उत्पादित विद्युत्लाई नै ट्रान्समिसन लाइन नपुगेको उनले बताए ।

“हेटौडादेखि न्यू बुटवलसम्मको ४०० केभी एमसीसीले बनाउने भनेको लाइन ढिलो भयो भनेदेखि हाम्रा पावरपोइन्टबाट जेनेरेट भएको पावर खेर जानेछ । हामी निर्यात गर्न सक्ने स्थितिमा पनि हुन सक्दैनौँ । हाम्रा उद्योगलाई पनि हामीले विद्युत् दिन सक्ने अवस्थामा रहँदैनौँ,” घिसिङले भने ।

काठमाडौंलाई मात्रै पूर्वाधार विकासका लागि ५० देखि ६० अर्ब रुपैयाँ चाहिने उनले बताए । यो लगानी गर्न प्राधिकरणले मात्र नसक्ने भन्दै अर्थ मन्त्रालय तथा अन्य निकायले पनि सहयोग गर्नुपर्ने घिसिङको भनाइ छ ।

“यसमा विद्युत् प्राधिकरण, प्राधिकरणले खोजेका डोनर एजेन्जीहरूबाट मात्र लगानी पुग्ने अवस्थामा छैन । अर्थ मन्त्रालयदेखि सबै निकायले ध्यान दिनुपर्नेछ,” उनले भने, “विद्युत् प्राधिकरणले केही नाफा गरेको छ । विगत केही समयदेखि घाटामा रहेको विद्युत् प्राधिकरण नाफामा आएको छ । विद्युत् प्राधिकरण नाफामा नभएको भए अनि प्राधिकरणले करिब एक खर्ब रुपैयाँ लगानी नगरेको भए अहिले पनि १५÷१६ घण्टा लोडसेडिङ हुन्थ्यो ।”

सप्लाइ गरेर मात्र लोडसेडिङ समाप्त नहुने पनि उनले बताए । उपभोक्ताको घर–घरसम्म जाने सबै बाटो खुल्ला गर्नुपर्ने उनको भनाइ छ ।

वनको क्लियरेन्सले समस्या पारेको पनि उनले बताए । वनका ऐन र कानुनले गर्र्दा समयमा प्रोजेक्ट बनाउन नसकिएको पनि उनले बताए । त्यसले गर्दा अहिलेको विद्युत्को क्षमता ट्रान्समिसन लाइनले धान्न नसकेको उनको भनाइ छ ।

अहिले पनि बेला–बेला लाइन जाने समस्या हुनुमा बढी लोड भएर ट्रान्समिसन लाइनले धान्न नसकेको उनले बताए । कतिपय अवस्थामा ट्रान्समिटर नै पड्कने गरेको पनि उनले बताए । फाट्टफुट्ट लाइन जाने समयस्या कतै कतै देखिएको भन्दै उनले नेपालमा खपत हुने विद्युत् काटेर भारत निर्यात गरेको हो कि भन्ने पनि प्रश्न उठेकाले त्यस्तो नभएको स्पष्ट पारे ।

नेपालमा खपत भएर बाँकी रहेको विद्युत् निर्यात हुने गरेको पनि उनले बताए । अहिले गर्मी बढेकाले तराई क्षेत्रमा अत्यधिक विद्युत् खपत बढेको पनि जानकारी दिए । हाल भारतमा ४५२ मेगावाट विद्युत् निर्यातको सम्झौता भएको भए पनि पूर्वाधार नहुँदा उक्त विद्युत् सम्झौताअनुसार निर्यात गर्न नसकेको पनि घिसिङले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro