site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङको नारायणपुरमा ४१ जनामा सिकलसेल एनिमिया
प्रतीकात्मक तस्बिर ।

देउखुरी । दाङको घोराही उपमहानगरपालिका–१०, नारायणपुरमा निःशुल्क शिविर सञ्चालन गर्दा ४१ जनामा सिकलसेल एनिमिया देखिएको छ ।

ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहकार्यमा आयोजित निःशुल्क शिविरमा ४१२ जनाको रगत स्क्रिनिङ गर्दा ४१ मा सिकलसेल एनिमिया पोजिटिभ देखिएको हो ।

Argakhachi Cement Island Ad

उक्त क्षेत्रमा थप संक्रमित हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बरबहादुर कुँवरले बताए । स्क्रिनिङ गर्दा चार पुरुष र ३७ महिलामा सिलकसेल पोजिटिभ देखिएको हो । 

सिकलसेलकै कारण उपचारका क्रममा ठूलो धनराशि खर्चेको, घरपरिवारमा आर्थिक संकट देखिएको, जन्मिने बालबालिकामा समेत संक्रमण देखिने अवस्था बढ्दै जान थालेपछि यसको रोकथामका लागि रोगी पहिचान गर्न शिविर सञ्चालन गरिएको उनले बताए । रासस

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्