site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुशल मल्ल ४१ रनमा आउट
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध ब्याटिङ गरिरहेको नेपालले कुशल मल्ललाई चौथो विकेटको रूपमा गुमाएको छ ।

हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलमा कुशल ४१ रन बनाएर आउट भए । कुशलले ४२ बलमा दुई चौका र तीन छक्का प्रहार गरे ।

नेपालले अहिले ४४.३ ओभरको खेल सकिँदा चार विकेट गुमाएर २५६ रन बनाएको छ । हाल क्रिजमा रहेका आरिफ शेख दुई र गुल्सन झा शून्यमा खेलिरहेका छन् । त्यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई ९९, आसिफ शेखलाई ६६ र कप्तान रोहितकुमार पौडेललाई ३१ रनमा गुमाएको थियो ।

नेपाल र जिम्बाब्वेबीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको यो पहिलो खेल हो । नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

नेपालले यसअघि जिम्बाब्वेविरुद्ध ५० ओभरको एकमात्र खेल खेलेको छ । लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ का पछिल्लो १२ मध्ये ११ खेलमा जितको नतिजा निकालेको नेपाल घरेलु टिमविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने योजनामा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro