अर्थ व्यवसाय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रान्समिसन लाइन समयमा नबने उत्पादन धान्न नसक्ने बताएका छन् ।
प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा उनले ट्रान्समिसन लाइन नबन्दा समस्या हुने बताए । घिसिङले अहिले रहेको वनका ऐनको झमेलाले ट्रान्समिसन लाइन बनाउन समस्या भएको पनि बताए ।
आगामी पाँच वर्षमा दुई खर्बको विजसली निर्यात गर्ने लक्ष्य प्राधिकरणले लिएको उनले बताए । विद्युतको लागि अब लगानी चाहिएको उनको भनाइ छ ।
घिसिङले अर्थ मन्त्रालयलगायतले ट्रान्समिसन लाइन समयमा बनाउनका लागि सहयोग गर्नुपर्ने बताए । भने, “नेपाल विद्युत् खपत मात्र गर्ने हो भन्ने भाष्य बनाउनु भएन, निर्यात गर्नैपर्छ ।”
प्रकाशित मिति: आइतबार, असार ३, २०८० १४:३७
प्रतिक्रिया दिनुहोस्