site stats
बाह्रखरी :: Baahrakhari
देश
जनस्वास्थ्यमा सरकार संवेदनशील छैन भन्ने बजेटले देखायो : सांसद श्रेष्ठ 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले बजेटले जनस्वास्थ्यमा सरकार संवेदनशील छैन भन्ने देखाएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा पूर्वस्वास्थ्यमन्त्री समेत रहेका श्रेष्ठले नयाँ बजेटको आलोचना गरे ।

सांसद श्रेष्ठले स्वास्थ्यमा छुट्ट्याइएको बजेट विनियोजन विधेयकको एक रुपैयाँ बजेट कटौती गरियोस् भन्ने प्रस्ताव राख्दै यस्तो बताएका हुन् ।

कुल बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्यमा छुट्ट्याइने नीतिविपरीत पाँच प्रतिशतभन्दा कम राखिनुले यसतर्फ सरकार संवेदनशील छैन भन्ने पुष्टि भएको उनको जिकिर छ ।

‘एक विद्यालय एक नर्स’, औषधि लिमिटेडको क्षमता अभिवृद्धि, महामारीजन्य प्रकोप नियन्त्रणजस्ता कार्यक्रमलाई बजेटले बिर्सिएको उनको भनाइ छ ।

Global Ime bank

यस्तै, डब्ल्यूएचओ फोरममा सुर्तीजन्य पदार्थको कर ७५ प्रतिशतसम्म पुर्‍याउने स्वास्थ्यमन्त्रीको प्रतिबद्धताविपरीत चार प्रतिशत मात्र वृद्धि गरिएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu