site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌मा ‘आदिपुरुष’ प्रसंग : सांसदले भने– नेपालको रक्षाका लागि तयार हुनुपर्छ
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले ‘के भारत सुगौली सन्धिबाट पछि हटेको हो ?’ भनी सरकारलाई प्रश्न गरेका छन् ।

भारतले पछिल्लो समय ‘आदिपुरुष’ सिनेमामार्फत ‘सीता भारतकी छोरी’ भनेर अत्यन्तै भ्रमपूर्ण सन्देश दिन खोजिरहेको उनले उल्लेख गरे । यसबारे स्पष्ट हुन उनले सरकारलाई आग्रह पनि गरे ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद गैरेले बुद्ध भारतमा जन्मिएको भन्ने, कपिलवस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नक्सांकन गरेर अत्यन्तै गलत काम गरिएको भन्दै भारतप्रति आक्रोश समेत व्यक्त गरे ।

उनले भारतले नेपाललाई ‘ग्रेटर नेपाल’को बहसतर्फ धकेल्ने प्रयास गरिरहेको टिप्पणी गरे । नेपालको एक इन्च पनि भूमि छोड्ने पक्षमा आफूहरू नरहेको उनले स्पष्ट पारे ।

“नेपालमा जन्मेका गौतमबुद्धलाई भारतमा जन्मेका हुन् भन्ने अत्यन्त भ्रमपूर्ण समाचार प्रवाह गर्ने भारत अहिले कपिलवस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नक्सांकन गरेर अत्यन्त गलत काम गरेको छ । अहिले फेरि यो आदिपुरुष सिनेमाको नाममा सीता भारतकी छोरी हुन् भन्ने अर्को भ्रमपूर्ण समाचार सन्देश प्रवाह गर्ने मात्रै होइन, त्यसका लेखकले नेपाल भारतकै अंग हो भनेर अत्यन्त गलत अन्तर्वार्तामार्फत अभिव्यक्ति दिइराखेका छन्,” उनले भने, “नेपाल सरकार के गर्दै छ ? के भारत सुगौली सन्धिबाट पछाडि हटेको हो ? नेपाल सरकार स्पष्ट हुन जरुरी छ । नेपाललाई ग्रेटर नेपालको बहसतर्फ र त्यसको चाहिँ पक्षधर बनाउने बहसमा धकेल्न खोजेको हो ? यदि, भारतले त्यो गर्न खोजेको हो भने नेपाल देशको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार छ । हामी नेपालको एक इन्च भूमि कसैका लागि सुम्पिन तयार छैनौँ । नेपालको रक्षाका लागि हामी तयार हुनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro