site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेसँग खेल्दै नेपाल
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलका लागि आज (आइतबार) मैदान उत्रिँदा नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो भेटमै जिम्बाब्वेविरुद्ध अप्रत्यासित जित निकाल्ने लक्ष्यमा हुनेछ । नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

नेपालले यसअघि जिम्बाब्वविरुद्ध ५० ओभरको एकमात्र खेल खेलेको छ । लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।

विश्वकप छनोट प्रतियोगिताको उक्त खेलमा जिम्बाब्वेका सिकन्दर राजा र ब्रेन्डान टेलरले शतक बनाएका थिए । आज हरारे स्पोर्ट्स क्लबमा नेपाली समयानुसार मध्याह्न १२ः४५ बजेदेखि सुरु हुने नेपाल र जिम्बाब्वेबीचको खेल यी दुई टिमबीचको पहिलो एकदिवसीय मान्यताप्राप्त क्रिकेट बन्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

आईसीसी क्रिकेट विश्वकप लिग–२ का पछिल्लो १२ मध्ये ११ खेलमा जितको नतिजा निकालेको नेपाल घरेलु टिमविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने योजनामा हुनेछ ।

पहिलो खेलअघि नेपाली टिमका ओपनर ब्याटर आसिफ शेख प्रतियोगिताका लागि टिम उत्साहित रहेको बताउँछन् ।

Global Ime bank

“विश्वकप छनोटमा आइपुग्नु अविश्वसनीय कुरा हो,” आसिफले भने, “इमानदार भएर भन्नुपर्दा १२ खेलमध्ये ११ खेल जित्नु आश गरिएको कुरा थिएन । यो टिम इफोर्टको परिणाम थियो, सबैले योगदान दिएका छन् । मलाई लाग्छ नेपाली क्रिकेटमा अहिले हामी उत्कृष्ट यात्रा तय गरिरहेका छौँ । र, हामी विश्वकप छनोटका लागि निकै उत्साहित छौँ ।”

आसिफले लिग–२ का दौरान घरेलु मैदानमा सम्पन्न श्रृंखलामा समर्थकबाट उत्कृष्ट साथ पाएको र त्यो जिम्बाब्वेमा ‘मिस’ हुने बताए ।

“नेपालमा हामीले पाएको समर्थन अविश्वसनीय थियो । फाइनलका दिन हाम्रो खेल हेर्न ठूलो संख्यामा मानिसहरू उपस्थित भएका थिए,” आसिफले थपे, “हामीले यहाँ त्यो समर्थनलाई मिस गर्नेछौँ । तर, उनीहरूले नेपालबाट नै समर्थन गर्नेछन् भन्ने हामीलाई थाहा छ । हामी कहाँ खेल्छौँ भन्ने कुराले महत्व नै राख्दैन । किनकि, जहाँ खेले पनि नेपाली समर्थक हामीसँगै छन् भन्ने थाहा छ । उनीहरू हामीलाई नेपालबाट नै समर्थन गर्नेछन् भन्नेमा दुईमत छैन ।”

नेपालले विश्वकप छनोटका लागि १० दिन दक्षिण अफ्रिकामा अभ्यास गरेको थियो । दक्षिण अफ्रिकामा अभ्यासका क्रममा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अनौपचारिक तयारी खेल खेलेको नेपाल दुवै खेलमा पराजित भएको थियो ।

नेपाल १० दिनको दक्षिण अफ्रिका बसाइँपछि जिम्बाब्वे गएको थियो । नेपालले जिम्बाब्वेमा पनि दुई वार्म अप खेल खेलेको थियो । पहिलो ‘वार्म अप’ खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पाँच विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भने ओमानलाई तीन विकेटले हराएको थियो ।

विश्वकपमा नेपाल

नेपाल हालसम्म एकदिवसीय विश्वकपमा छनोट हुन सकेको छैन । यसअघि, नेपालले सन् २०१९ को विश्वकपका लागि २०१८ मा भएको छनोटमा नेट रनरेटका कारण सुपर सिक्ससम्मको यात्रा पनि तय गर्न सकेको थिएन ।

तर, नेपालले एकपटक आईसीसीको ठूलो प्रतियोगिता भने खेलेको छ । नेपाली टिमले सन् २०१४ मा पहिलोपटक ट्वान्टी–२० विश्वकप खेलेको थियो । यो नै नेपालले खेलेको हालसम्मकै ठूलो आईसीसी प्रतियोगिता हो ।

विश्वकप छनोटमा नेपालको खेल

विश्वकप छनोटमा सहभागी १० टिम दुई समूहमा विभाजित छन् । समूह ‘ए’मा रहेको नेपालसँगै घरेलु टिम जिम्बाब्वे, अमेरिका, वेस्ट इन्डिज र नेदरल्यान्ड्स छन् । समूह ‘बी’मा आयरल्यान्ड, श्रीलंका, यूएई, ओमान र स्कटल्यान्ड छन् ।

जिम्बाब्वेविरुद्ध नेपाल असार ३ गते

अमेरिकाविरुद्ध नेपाल असार ५ गते

वेस्ट इन्डिजविरुद्ध नेपाल असार ७ गते

नेदरल्यान्ड्सविरुद्ध नेपाल असार ९ गते ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ०६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय