site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ च्याम्पियनसिपका लागि भारत जान पाकिस्तानी टिमले पायो अनुमति

काठमाडौं । यसै महिनादेखि सुरु हुने साफ च्याम्पियनसिप फुटबलका लागि पाकिस्तानी टिमले सरकारबाट भारत भ्रमणको अनुमति पाएको छ । भारत भ्रमणका लागि शुक्रबार पाकिस्तान खेलकुद संघले टिमलाई ‘नो अब्जेक्सन लेटर’ दिने निश्चित भएको हो ।

बिहीबार युवा मामिलाहरूमा प्रधानमन्त्रीका विशेष सहायक शाजा फातिमा ख्वाजाले ट्विटरमा आन्तरिक मन्त्रालयले जारी गरेको ‘साफ च्याम्पियनसिपमा पाकिस्तान फुटबल टोलीको सहभागितामा कुनै आपत्ति छैन’ भन्ने पत्र पोस्ट गरेकी थिइन् ।

Dabur Nepal
NIC Asia

दुई देशबीचको राजनीतिक तिक्तताले खेलकुद क्षेत्रलाई पनि सोझो प्रभाव पारेको छ । पाकिस्तानी टोली नौ वर्षयता भारत भ्रमणमा गएको छैन । यसअघि, पाकिस्तानी टिम पछिल्लोपटक सन् २०१४ मा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका भारत भ्रमणमा गएको थियो ।

पाकिस्तानको टिम हाल चारदेशीय प्रतियोगिताको लागि मौरिसस भ्रमणमा छ । साफ च्याम्पियनसिपमा पाकिस्तान समूह ‘ए’मा छ । यो समूहमा पाकिस्तानसँगै नेपाल, भारत र कुवेत छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro