site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार यो सुन तोलाको एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Argakhachi Cement Island Ad

शुक्रबार तेजाबी सुन तोलाको एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्