site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
किसानलाई उत्पादनको आधारमा अनुदान दिने तयारी छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताएका छन् । बिहीबार अर्थ मन्त्रालयमा नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल व्यवसायी कृषक संघ, म नेपाली किसानलगायत कृषकहरुसँगको सामूहिक भेटका क्रममा उनले यस्तो बताए ।

अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्न उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताए । संसद्मा प्रस्तुत आर्थिक विधेयकमा आलु प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्ने भएको बताए ।

“यो करको व्यवस्थाले मूलतः आयातित वस्तुलाई नै महँगो बनाउँछ । स्थानीय उत्पादनलाई महँगो बनाउँदैन । सुपर मार्केटमा त्यही खालका उपभोक्ताहरु पुग्ने गर्छन् । अहिले दैनिक उपभोग्य खाद्यवस्तु पनि आयात गर्नुपर्ने भन्ने बहस भइरहेको छ,” उनले भने, “त्यसमा आयातको सट्टा मुलुकभित्रै उत्पादन बढाऔँ । त्यसले रोजगारी पनि सिर्जना पनि हुन्छ । उत्पादनकर्ता पनि उत्साहित हुन्छन् । पहिला कागज देखाएर मात्रै अनुदान लिएका थिए, अब त्यसरी हुँदैन । उत्पादनमा नै अनुदान दिने हो । त्यसमा पनि नयाँ टेक्नोलोजी प्रयोग गरिरहेको छ । उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी छ ।”

No description available.

अर्थमन्त्री महतले अहिले करको दर लागु नहुँदै सुनियोजित रुपमा केही संगठित व्यक्तिहरुले मूल्यवृद्धि गराएको बताए । उत्पादनका आधारमा अनुदान दिने, गुरु किसान कार्यक्रमलगायतका विषयहरुलाई बजेटले प्राथमिकतामा राखेको उनले जानकारी दिए ।

भेट क्रममा प्रतिनिधिहरुले आन्तरिक उत्पादनको संरक्षणको लागि अर्थमन्त्रीले चालेको कदम स्वागतयोग्य भएको भन्दै यस क्षेत्रमा देखिएका अन्य समस्याहरुको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro