site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विश्व बजारमा टेस्लालाई उछिन्दै बीवाईडी

काठमाडौं । चिनियाँ विद्युतीय सवारीको ब्रान्ड बीवाईडीले विश्वव्यापी बजारमा टेस्लाको प्रभुत्वलाई चुनौती दिन थालेको छ । चीनको शेन्जेनमा २८ वर्षअघि बीवाईडीको यात्रा सुरु भएको थियो ।

सन् २०२३ को पहिलो त्रैमासिकमा विद्युतीय र ‘हाइब्रिड’ गरी बीवाईडीले पाँच लाख ४७ हजार ९१७ गाडी बिक्री गरेको छ । यो अवधिमा टेस्लाले चार लाख २२ हजार गाडी मात्र बिक्री गरेको छ ।

बीवाईडीको पूरा रूप बील्ड योर ड्रिम हो । टेस्लाविरुद्ध यसले चिनियाँ उपभोक्ताका लागि किफायती विद्युतीय गाडी उत्पादन गरिरहेको छ । शेन्जेनमा बीवाईडीले अहिले पूर्ण रूपमा विद्युतीय सार्वजनिक बस र ट्याक्सी समेत उत्पादन गरिरहेको छ ।

अमेरिकी अर्बपति वारेन बफेटले पनि समर्थन गरेको बीवाईडीले घरेलु बजारको सफलतापछि विश्वव्यापी रूपमा पकड जमाउन थालेको हो । २०२२ मा बीवाईडीले ५६ हजार गाडी निर्यात गरेको थियो । २०२३ को मेसम्म यसले १० हजार गाडी निर्यात गरिसकेको छ ।

अमेरिका–चीनबीच बढ्दो व्यापारिक तनावबीच बीवाईडीले अहिले अमेरिकालाई आफ्नो बजारका रूपमा लक्षित गरेको छैन । कम्पनीले हाल सिंगापुर, थाइल्यान्ड, जापान, अष्ट्रेलिया, नर्वे, जर्मनी, ब्राजिल, कोस्टारिका र मेक्सिकोलगायत देशमा गाडी बेचिरहेको छ । बीवाईडीका गाडी नेपालमा समेत उपलब्ध छन् ।

नेपालमा बीवाईडीको एटीटीओ ३ (अट्टो थ्री) गाडी तीन भेरियन्टमा उपलब्ध छ । १०० किलोवाट क्षमताको बीवाईडी एटीटीओ ३ एड्भान्स ट्रिमको प्रतिमूल्य नेपालमा ५५ लाख ९९ हजार रुपैयाँ छ । १०० किलोवाट क्षमताकै बीवाईडी एटीटीओ ३ सुपेरियर ट्रिमको मूल्य ६५ लाख ८८ हजार छ । १५० किलोवाट क्षमताको बीवाईडी एटीटीओ ३ को मूल्य ८१ लाख ९९ हजार रुपैयाँ छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro