site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यस्तो छ बीवाईडीका ईभीको कर बढेपछिको मूल्य       

काठमाडौं । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्सले नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।

कम्पनीले बीवाईडी एटीटीओ ३ गाडीलाई तीन भेरियन्टमा उपलब्ध गराउँदै मूल्य सार्वजनिक गरेको हो ।

१०० किलोवाट क्षमताको बीवाईडी एटीटीओ ३ एडभान्स ट्रिम को मूल्य ५५ लाख ९९ हजार तोकेको छ । यसमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ ।

यस्तै, कम्पनीले १०० किलोवाट क्षमताकै बीवाईडी एटीटीओ ३ सुपेरियर ट्रिमको मूल्य ६५ लाख ८८ हजार तोकेको छ । यसमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ ।

तेस्रो १५० किलोवाट क्षमताको बीवाईडी एटीटीओ ३ को मूल्य ८१ लाख ९९ हजार तोकिएको छ । यसमा पनि ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक नै रहेको छ ।

नयाँ कर दरअघि दुई संस्करण १०० किलोवाट र १५० किलोवाटमा उपलब्ध बीवाईडी एटीटीओ ३ को मूल्य क्रमश: ६४ लाख ९० हजार र ८९ लाख ९० हजार रहेको थियो ।

करको दर २५ प्रतिशत पुगे पनि कम्पनीले मूल्यमा भने सक्दो कम वृद्धि गरेको देखिन्छ ।

बीवाईडीले दिगोपन, कार्यसम्पादन र नवप्रवर्तनलाई प्राथमिकता दिने उच्च गुणस्तरका विद्युतीय सवारी साधनहरू उपलब्ध गराउन समर्पित रहेको जनाएको छ ।

स्वच्छ उर्जाको भविष्य र नेपाल सरकारको दृष्टिकोणलाई समर्थन गर्दै नेपाली बजारमा विद्युतीय गतिशीलतालाई थप पहुँचयोग्य बनाउने लक्ष्य रहेको कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro