site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कर्मचारी र स्थानीयले नकिनेको घोराही सिमेन्टको आईपीओ सर्वसाधारणका लागि खुला
Sarbottam CementSarbottam Cement

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज (जेठ ३२ गते)देखि सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो । 

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

आयोजना प्रभावित स्थानीय, कर्मचारी, म्युचुअल फण्ड र वैदेशिक रोजगारीमा गएकालाई निष्कासन गरेको आईपीओमा न्यूनमात्रै आवेदन परेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समय सिमेन्टको व्यवसाय नै ओरालो लागेको बेला घोराहीले प्रस्तुत गरेको तथ्यांकमा शंका उब्जिएपछि निष्कासन गरेको आईपीओमा मागअनुसार आवेदन नपरेको देखिन्छ ।

यसको बलियो प्रमाण कम्पनीका कर्मचारीले नै आईपीओमा न्यून आवेदन दिएका हुन् । यो कम्पनीले कर्मचारीलाई तीन लाख ७७ हजार ३३१ कित्ता आईपीओ निष्कासन गरेकोमा १९ हजार ५३० जनाले मात्र आवेदन दिएका थिए । यो कर्मचारीलाई निष्कासन गरेको आईपीओको ५.१८ प्रतिशत मात्र हो ।

Global Ime bank

कुनै पनि कार्यालयमा काम गर्ने कर्मचारीलाई आफ्नो कार्यालयको बारेमा थाहा हुन्छ । त्यसैले वास्तविक अवस्था थाहा भएर नै यो कम्पनीको आईपीओमा कर्मचारीले नै आवेदन नदिएको हुन सक्ने एक विश्लेषकको टिप्पणी छ ।

यसअघि यो कम्पनीको आईपीओलाई बोर्डले प्रिमियममा स्वीकृति दिनु नै गलत भएको जानकारहरुको टिप्पणी छ ।   यस विषयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले नै स्पष्टीकरण दिनुपरेको थियो ।

उनले ‘भ्यालुएसन’ गरेर ल्याएको कम्पनीको कागजात मात्र बोर्डले हेर्ने बताएका थिए । कमजोर वित्तीय विवरण भएका कम्पनीलाई सर्वसाधारणले नै अस्वीकार गर्नुपर्ने उनको भनाइ थियो । यसअघिका आईपीओमा बढी माग गर्दै स्थानीय, कर्मचारी र वैदेशिक रोजगारीमा भएका नेपालीले आवेदन दिने गरेका थिए । 

तर, यो कम्पनीको पहिलोचरणमा निष्कासन गरेको आईपीओ ५५ प्रतिशत बिक्री भएको तथ्यांक छ । स्थानीयलाई कुल तीन लाख ९७ हजार १९० कित्ता छुट्याएकोमा ७७ हजार २९० कित्ताका लागि मात्र आवेदन दिएका थिए । 

यो स्थानीयलाई निष्कासन गरेकोमध्ये १९.४६ प्रतशत हो । त्यसैगरी वैदेशिक राजगारीमा गएकाहरूले निष्कासनमध्ये ८० प्रतिशतमा आवेदन दिएका छन् भने सामूहिक लगानी कोषहरूले ८७.१८ कित्ताका लागि आवेदन दिएको छ । 

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ बिक्री गर्न अनुमति दिएको थियो । कुल कित्तामध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा ६ लाख ६ हजार ३५० कित्ता, सामूहिक लगानी कोषहरूमा तीन लाख २८ हजार ९६१ कित्ता, कम्पनीका कर्मचारीहरूमा १९ हजार ५३० कित्ता र उद्योग प्रभावित क्षेत्रका बासिन्दामा ७७ हजार २९० कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि तीन लाख ९७ हजार १९० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सात लाख ५४ हजार ६६१ कित्ता, सामूहिक लगानी कोषका लागि तीन लाख ७७ हजार ३३१ कित्ता र कम्पनीका कर्मचारीहरूमा तीन लाख ७७ हजार ३३१ कित्ता विक्री खुला गरेको थियो । यसअघि वितरण हुन नसकेको शेयरसमेत थप गरी कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको हो ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि असार ४ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा असार १४ गतेसम्म बिक्री अवधि थप हुने बताइएको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेका छन् । बिक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिन तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर नेपाल लिमिटेडले कम्पनीको वित्तीय दायित्व वहन गर्ने सुरक्षा क्षमताको मध्ययम आधारको संकेत गर्ने केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनी चार अर्ब तीन करोड रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ ६१ पैसा रहेको छ । दोस्रो बजारमा कम्पनीको आईपीओले प्रतिकित्ता २२६ रुपैयाँ ६१ पैसादेखि ६७९ रुपैयाँ ८३ पैसासम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।

यो पनि हेर्नुहोस्

कर्मचारी र स्थानीयले नै किनेनन् घोराही सिमेन्टको सेयर, कम्पनीको मूल्यांकनमै आशंका !

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय