site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कहिले पुग्छ मनसुन सुदूरपिश्चम ? मनसुन सुरु भयाे अब गर्मी कम हुन्छ ?
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशको पूर्वी तथा मध्य भू–भागमा आज मनसुनी प्रणालीको प्रभाव रहेको  छ । बाँकी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन प्रणाली अहिलेसम्म गण्डकी प्रदेशको पोखरासम्म पुगेको छ । त्यसबाट पश्चिमी भू–भागमा मनसुन फैलिन बाँकी छ । नेपालमा हिजो (बुधबार)बाट मनसुन नेपाल प्रवेश गरेको हो । मौसमविद् विनु महर्जनका अनुसार अझै सुदूरपश्चिम प्रदेशसम्म मनसुन फैलिन केही दिन लाग्नेछ । “नेपालमा मनसुन प्रवेश गरेपछि नेपालभर फैलिन औसतमा पाँचदेखि सात दिन लाग्छ । तर, यो औसत समय मात्रै हो,” विनु बाह्रखरीसँग भन्छिन्, “यो समयभन्दा केही तल वा माथि पनि हुनसक्छ देशभर मनसुनको कभरेज हुन ।” 

यो वर्ष मनसुन देशभर फैलिन केही दिन ढिलो हुनसक्ने उनको भनाइ छ । अरेवियन सागरमा रहेको चक्रवातका कारण पश्चिमी वायु स्ट्रङ भएकाले मनसुन देशभर फैलिन केही समय ढिलो हुनसक्ने उनी बताउँछिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैले आज पनि देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना रहेको छ । अत्याधिक गर्मीबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

मनसुन सुरु भएका भू–भागमा भने गर्मी केही कम भइसकेको छ । कोसीदेखि गण्डकी प्रदेशसम्म तापक्रम कम भएको मौसमविद् विनु बताउँछिन् । “मनसुन प्रणालीमा बाक्लो बादल लाग्ने र पानी पर्ने भएकाले तापक्रम पनि घट्ने भएकाले कम गर्मी हुन्छ,” उनी भन्छिन्, “त्यसैले मनसुन सुरु हुनुभन्दा अगाडि धेरै गर्मी हुन्छ भने मनसुन सुरु भएपछि गर्मीको महसुस कम हुन्छ ।”

Global Ime bank

नेपाल भित्रियो मनसुन प्रणाली

यसैबीच, कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखी मौसम सामान्यतया सफा रहेको छ । कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

मधेस प्रदेशसहित देशका बाँकी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । 

५५ वर्षको तथ्यांकमा नेपालमा कहिले भित्रियो/बाहिरियो मनसुन ? (सूचीसहित)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement