राजनीति
काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था महिला संघको तदर्थ समिति विस्तार गरिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उषाकुमारी रावत मिश्रको अध्यक्षतामा गठित संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ५२ जनालाई सदस्यमा मनोनीत गरेका हुन् ।
गत २०७९ साउन २६ गते संघको अध्यक्षमा मिश्र नियुक्त भएकी थिइन् । त्यसपश्चात् आज सदस्य थपिएको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० २१:५७
प्रतिक्रिया दिनुहोस्