site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेशको लोकसेवा परीक्षामा नक्कली परीक्षार्थी, दुईजना पक्राउ

पोखरा । गण्डकी प्रदेशको लोकसेवा आयोगले लिएको परीक्षामा अर्कैको नामबाट परीक्षा दिने दुईजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रदेश लोकसेवाले खुलाएको विज्ञापनमा नक्कली परीक्षार्थी पक्राउ परेको यो पहिलो घटना हो ।

प्रदेश लोकसेवा आयोगको कार्यालयले गरेको विज्ञापन नं. १४५–१५३/०७९/८० अन्तर्गत (खुला तथा समावेशी) प्रदेश वन, सेवा, जनरल फरेष्ट्रि समूह सहायक तेश्रो, वन रक्षक पदको शारीरिक तन्दुरुस्ती परिक्षणमा अर्कैको नामबाट परिक्षणमा सहभागी भइरहेको अवस्थामा कास्की प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने दुवैजना जुम्लाका हुन् । पक्राउ पर्नेमध्ये जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ९ वलयकाटियाका १८ वर्षे बालक र जुम्लाकै सिन्जा गाउँपालिका वडा नं. ३ लुमका २५ वर्षीय पदम बुढा रहेका छन ।

उनीहरूले अर्कै परीक्षार्थीको सक्कली नागरिकतामा आफ्नो तस्बिर टाँसेर लोकसेवाले खुलाएको विज्ञापन अन्तर्गत मंगलबार दौड, रुख चढ्ने, पौडी (शारीरिक तन्दुरुस्ती) मा भाग लिएका थिए ।

कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकका अनुसार दुवैलाई शिक्षा ऐन सम्बन्धि मुद्धामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रदेश लोकसेवा आयोग गण्डकीले गत वैशाख २६ गते प्रदेश वन सेवा, जनरल फरेष्ट्रि समूह, सहायक तेश्रो तह, वन रक्षक पदको लागि १०० जनाको मागसंख्यामा विज्ञापन खुलाएको थियो । सोही विज्ञापन अन्तर्गत गत आइतबारदेखि फारम भर्नेहरुको शारिरीक तन्दुरुस्ती परिक्षण भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro